बैंकमा पैसा थुप्रिएपछि ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । गत साता डेढ खर्ब तानेको राष्ट्र बैंकले आज फेरि ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलबाट ३० अर्ब रुपैयाँ तान्ने भएको हो । राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकमको साँवा र ब्याज भुक्तानी असोज २० गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

एकोहोरो निक्षेप थपिरहेको तर कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा इतिहासकै धेरै अधिक तरलता कायम भएको छ । हाल प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.७९ प्रतिशतमा झरेको छ ।

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत Read Previous

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत

नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ : आइएमएफ उपनिर्देशक Read Next

नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ : आइएमएफ उपनिर्देशक