नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ : आइएमएफ उपनिर्देशक

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन् ।

उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुन परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझाव कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका थिए ।

बैंकमा पैसा थुप्रिएपछि ३० अर्ब तान्दै राष्ट्र बैंक Read Previous

बैंकमा पैसा थुप्रिएपछि ३० अर्ब तान्दै राष्ट्र बैंक

स्काइवर्थ दशैं तिहार अफर, बम्परमा कार उपहार Read Next

स्काइवर्थ दशैं तिहार अफर, बम्परमा कार उपहार