बुद्ध एयरले भारतको वाराणसी साताको तीन उडान गर्ने

काठमाडौं । बुद्ध एयरले काठमाडौं-वाराणसी साताको तीन उडान गर्ने भएको छ ।

उक्त रुटमा यसअघि साताको दुई उडान गर्दै आएको बुद्धले आजदेखि भारतको वाराणसी साताको तीन उडान गर्ने भएको हो ।

बुद्धले यसअघि साताको सोमबार र शुक्रबार उडान गर्दै आएकोमा अब बुधबार पनि उडान गर्ने भएके हो ।

काठमाडौंबाट वाराणसी सुरुआती एकतर्फी भाडा ११ हजार ३६० रुपैयाँ रहेको छ । उडान समय काठमाडौंबाट बिहान ७:१५ तथा वाराणसीबाट ८:३० रहेको बुद्ध एयरले जनाएको छ ।बुद्धको उडानबाट वाराणसी ५० मिनेटमा पुग्न सकिन्छ ।

डिशहोमले ल्यायो 'खुशीको सेलिब्रेसन' अफर, ३ महिना बोनस पाइने Read Previous

डिशहोमले ल्यायो 'खुशीको सेलिब्रेसन' अफर, ३ महिना बोनस पाइने

राष्ट्रिय गौरवका आयोजना सम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग Read Next

राष्ट्रिय गौरवका आयोजना सम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग