साहस ऊर्जाको लाभांश घोषणा, साथै १०० प्रतिशत हकप्रद

काठमाडौं । साहस ऊर्जा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

त्यस्तै, कम्पनीले उक्त बोनस वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश र हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ४ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा कार्की बैंक्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज १३ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार असोज १२ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

सेयर कर्जा लगानीमा ठूला बैंक आक्रमक, साउनमा कुन बैंकले कति दिए ऋण ? Read Previous

सेयर कर्जा लगानीमा ठूला बैंक आक्रमक, साउनमा कुन बैंकले कति दिए ऋण ?

इटहरीमा सुरू भयो बिजुली बस सेवा, भाडा २० रुपैयाँ Read Next

इटहरीमा सुरू भयो बिजुली बस सेवा, भाडा २० रुपैयाँ