इटहरीमा सुरू भयो बिजुली बस सेवा, भाडा २० रुपैयाँ

धरान । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरू गरेको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरू भएको हो ।

सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ भएको हो ।

नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई भाडादर २० रुपैयाँँ तोकिएको छ । गत साउन २२ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा उपमहानगरपालिकाले खरिद गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरू पनि यी बसमा सहजरूपमा यात्रा गर्नसक्ने छन् ।

साहस ऊर्जाको लाभांश घोषणा, साथै १०० प्रतिशत हकप्रद Read Previous

साहस ऊर्जाको लाभांश घोषणा, साथै १०० प्रतिशत हकप्रद

महासंघको 'स्टार्टअप' नीति पारित, साना तथा मझौला उद्योग प्रवर्द्धनमा विशेष प्रयास Read Next

महासंघको 'स्टार्टअप' नीति पारित, साना तथा मझौला उद्योग प्रवर्द्धनमा विशेष प्रयास