शाखा विस्तारमा आक्रमक बन्दै भाटभटेनी, ३० औं स्टोर ललितपुरको हात्तीवनमा

काठमाडौं । भाटभटेनी सुपरमार्केट्स आक्रमक रुपमा शाखा विस्तारमा लागेको छ । गत साता मात्रै दुई नयाँ शाखाको शिलान्यास गरेको भाटभटेनीले सोमबार ललितपुरको हात्तीवनमा अर्को शाखाको शिलान्यास गरेको हो ।

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङ र उनी श्रीमती सावित्री गुरुङले सोमबार हात्तीवनको क्लासिक चोकमा ३०औँ स्टोर निर्माणका लागि भूमि पूजन गरेका हुन् ।

भाटभटेनीले गत भदौ २४ गते पोखराको तालचोक २८ औं र २६ गते चितवनको टाँडीमा २९ औं शाखा निर्माणका लागि भूमि पूजन गरिएको थियो ।

हात्तीवनमा करिब ७ रोपनी जग्गामा भाटभटेनी निर्माण थालिएको हो । ७ तले उक्त भवन १ वर्ष भित्रै सक्ने लक्ष्य राखिएको छ । हात्तीवनको भाटभटेनी संचालनमा आएपछि थप ४०० जनाले रोजगारी पाउने छन् ।

दुई हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामीमा आउँदै Read Previous

दुई हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामीमा आउँदै

सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन पेस हुँदै Read Next

सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन पेस हुँदै