काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई हाइड्रोपावरको करिब ३२ लाख कित्ता सेयर लिलामीमा आउने भएको छ ।
आँखुखोला जलविद्युत् र हिमालय ऊर्जा विकास कम्पनीको बिक्री हुन नसकेको कुल ३१ लाख ९६ हजार ६०७ कित्ता हकप्रद सेयर लिलामीमा आउने भएको हो ।
हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता साधारण सेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो । कम्पनीले असोज ७ गतेदेखि उक्त सेयर लिलामीमा ल्याउने भएको हो ।
हिमालयनको हकप्रदमा असोज १४ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनीको सेयर मूल्य न्यूनतम १०० रुपैयाँ नघटाई कम्तीमा १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यसको सेयर बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
त्यस्तै, आँखुखोला जलविद्युत्ले १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले बिक्रीम ल्याएको १ः१.५ अनुपात हकप्रदमध्ये बिक्री हुन नसकेको उक्त सेयर लिलामीम ल्याउने भएको हो । यद्यपि कम्पनीले सेयर लिलामीम ल्याउने मिति भने तोकेको छैन ।