काठमाडौं । दाङको टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमले साताको दुई हवाई उडान गर्ने भएको छ ।
हाल प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले अब मङ्गलबार पनि उडान गर्ने भएको हो ।
नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ ।
दशैं तथा तिहार लगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएकोे प्रमुख सुनारले बताए ।