माण्डु हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । माण्डु हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश प्रयोजनका लागि भोलि (असोज ३१ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई करसहति १२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले उक्त लाभांश पारित गर्न असोज १४ गते तेह्रौं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा नेपा ब्यांक्वेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे सुरू हुनेछ ।

सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो Read Previous

सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

३ हजार माथि सेयर मूल्य रहेका 'हटकेक' ३ लघुवित्त, कति दिन सक्छन् लाभांश ? Read Next

३ हजार माथि सेयर मूल्य रहेका 'हटकेक' ३ लघुवित्त, कति दिन सक्छन् लाभांश ?