सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकको सिमलतालमा ट्रक खसेको छ।

खानेतेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६२८३ नम्बरको ट्रक आज बिहान सडकबाट त्रिशूली नदी किनारामा खसेको हो ।

ट्रक सडकबाट खसे पनि त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसअघि असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खस्दा ६२ जना यात्रु बेपत्ता भएका थिए । तीमध्ये २४ जनाको मात्र शव भेटिएको थियो ।

पर्वतका ११ लघुजलविद्युत् आयोजना पूर्ण रूपमा बन्द, उपकरण प्रयोगविहीन Read Previous

पर्वतका ११ लघुजलविद्युत् आयोजना पूर्ण रूपमा बन्द, उपकरण प्रयोगविहीन

माण्डु हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

माण्डु हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन