दुई बीमा कम्पनीको ३० लाख कित्ता सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई बीमा कम्पनीले झण्डै ३० लाख कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा ल्याएका छन् ।

सूर्य ज्योति लाइफ इन्स्योरेन्सले ८ लाख १ हजार ४७६ कित्ता र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएका हुन् ।

एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहको सूर्यज्योति लाइफको ८ लाख १ हजार ४७६ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा हाल संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले आजको ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र मूल्य खुलाइ एनआइसी एशिया क्यापिटल, थापाथली, काठमाडौंमा आवेदन दिनुपर्नेछ । कम्पनीको न्यूनतम सेयर मूल्य प्रतिकित्ता २०८ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफका विद्यमान सेयरधनीको नामा रहेको २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।

कम्पनीको उक्त लिलामी सेयरमा यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजको ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको सेयर मूल्य न्यूनतम प्रतिकित्ता २०३ रुपैयाँ नघटाइ आवेदन दिनुपर्नेछ । लगानीकर्ताले कम्तीम २ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

क्रिप्टो कारोबारको आरोपमा स्टारबस सोलुसन्सका दुई संचालक पक्राउ Read Previous

क्रिप्टो कारोबारको आरोपमा स्टारबस सोलुसन्सका दुई संचालक पक्राउ

कामना सेवा विकास बैंकको लाभांश घोषणा Read Next

कामना सेवा विकास बैंकको लाभांश घोषणा