काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले क्रिप्टो कारोबारीको आशंकामा दुई युवालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पूर्वी नवलपरासीका २२ वर्षीय प्रज्ञान रिमाल र बाग्लुङका २० वर्षीय आयुष शर्मा रहेका छन् ।
प्रहरीले रिमाललाई ठमेल र शर्मालाई मनमैजुबाट पक्राउ गरेको हाे । उनीहरू स्टारबस डट सोलुसन्सका संचालक हुन् ।
प्रहरीले उनीहरूको साथबाट मोबाइल र ल्यापटप बरामद गरेको छ । उनीहरू माथि अभौतिक मुद्रा कारोबार गर्न नहुने कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।