तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा ७७० उद्योग थपिएका छन् । उद्योगतर्फ ३९८ र वाणिज्यतर्फ ३७२ उद्योग थपिएका हुन् ।
उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आव २०७९/र८० मा ६६ लाख ४ हजार २०० राजस्व सङ्कलन गरेको यो कार्यालयले आव २०८०/८१ मा रु ५१ लाख ४ हजार ८०० राजस्व सङ्कलन गरेको जनाएको छ ।
‘अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आवमा नवीकरण हुन थालेपछि राजस्वमा वृद्वि हुन थालेको छ, आव २०८०/८१ मा एक हजार १३७ उद्योग र ८१७ वाणिज्य नवीकरण भएका छन्,’ कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने ।
त्यसैगरी २०८१/८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन् । चालु आवमा उद्योगतर्फ साउन महिनामा ३९७ र भदौमा १७४ तथा वाणिज्यतर्फ साउनमा ३२७ र भदौमा २११ वटा उद्योग नवीकरण भइसकेका छन् ।