नेपालबाट कतारमा हरियो तरकारी निर्यात सुरू

काठमाडौं । नेपालबाट खाडी मुलुक कतारमा हरियो तरकारी निर्यात सुरु भएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतार पठाइएको हो ।

बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै हरियो तरकारी निर्यातको शुभारम्भ गरिएको हो ।

उक्त कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिशल बिल मोहमद अल अन्सारीलाई हरियो तरकारीहरू हस्तान्तरण गरिएको थियो ।

ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिकामा व्यवसायिक तरकारी खेती गरिएको छ ।

दक्षिणकाली नगरपालिका मेयर मोहन बस्नेतले किसानहरूले उत्पादन गरेका हरिया तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानहरूलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे ।

तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानहरूलाई विशेष तालिमका साथै आवश्यक कृषि सामाग्री समेत उपलब्ध गराएको थियो ।

मकवानपुरमा एक वर्षमै बन्द भए ६०४ उद्योग  Read Previous

मकवानपुरमा एक वर्षमै बन्द भए ६०४ उद्योग 

अख्तियार निजी क्षेत्रमा जानु हुन्न भन्ने कुरामा आम सहमति देखिएको छ : गृहमन्त्री Read Next

अख्तियार निजी क्षेत्रमा जानु हुन्न भन्ने कुरामा आम सहमति देखिएको छ : गृहमन्त्री