डेढ महिनापछि इटलीबाट नेपाल फर्कियो निगमको जहाज

काठमाडौं । डे महिना अघि सीचेक (हवाईजहाजको प्राविधिक जाँच)का लागि इटाली गएको जहाज नेपाल फर्किएको छ ।

गत २२ जुनमा सी चेक गर्न इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए एलवाइ वाइडबडी जहाज आज बिहान साढे ८ बजे काठमाडौंमा अवतरण गरेको हो ।

वाइडबडी जहाज आएसँगै अब रोकिएको जापान उडान अब फेरि नियमति गर्ने तयारी भइरहेको निगकले जनाएको छ । जहाज नहुँदा गत भदौ १३ देखि जापान उडान हुन सकेको छैन ।

निगमसँग् अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाडीबडी गरी ४ वटा जहाज छन् । निगमको अर्को वाइडबडी जहाज केएलवाई सीचेकका लागि इटालीमै छ । सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ ।

नेपाल ल्युबको लाभांश घोषणा, एफपीओ पनि जारी गर्ने Read Previous

नेपाल ल्युबको लाभांश घोषणा, एफपीओ पनि जारी गर्ने

शौर्य सिमेन्टले बेच्याे विदेशी ब्राण्डको चुरोट, बयान लिँदै राजस्व अनुसन्धान विभाग Read Next

शौर्य सिमेन्टले बेच्याे विदेशी ब्राण्डको चुरोट, बयान लिँदै राजस्व अनुसन्धान विभाग