नेपाल ल्युबको लाभांश घोषणा, एफपीओ पनि जारी गर्ने

काठमाडौं । नेपाल ल्युबले आर्थिक वर्ष २०८०/८१ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको भदौ २६ गते बसेको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न असोज १८ गते ३३ औं वार्षिक साधरण बोलाएको छ । कम्पनीको सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

त्यस्तै, कम्पनीले सभामा प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । सो अनुसार असोज २ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउने छन् ।

उपत्यकाबाट हराएका ९६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता Read Previous

उपत्यकाबाट हराएका ९६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता

डेढ महिनापछि इटलीबाट नेपाल फर्कियो निगमको जहाज Read Next

डेढ महिनापछि इटलीबाट नेपाल फर्कियो निगमको जहाज