सानिमा बैंकका ग्राहकले दूसित प्रिन्सेस काठमाडौंमा विशेष छुट पाउने

काठमाडौं । सानिमा बैंकले ग्राहकले दूसित प्रिन्सेस काठमाडौंमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न छुटको व्यवस्था गरेको हो ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पूर्ण खाना लगायतका सेवाहरुमा १५ प्रतिशतको छुट पाउने छन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय र १२४ वटा एटीएम संचालनमा रहेका छन् ।

अनलाइनबाट कम्पनी दर्ता अनिश्चितकालका लागि बन्द Read Previous

अनलाइनबाट कम्पनी दर्ता अनिश्चितकालका लागि बन्द

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै Read Next

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै