अनलाइनबाट कम्पनी दर्ता अनिश्चितकालका लागि बन्द

काठमाडौं । अनलाइनबाटै नयाँ कम्पनी दर्ता गर्ने व्यवस्था अनिश्चितकालका लागि बन्द भएको छ ।

सर्वोच्च अदालतले भदौ १८ गते कम्पनी रजिस्ट्रारको कार्यालयलाई नयाँ सफ्टवेयर प्रयोग कार्यान्वयन नगर्न, नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै अनलाइनबाटै कम्पनी दर्ता सेवा बन्द भएको हो ।

कम्पनी रजिष्टार कार्यालयले एक सूचना जारी गर्दै अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द भएको जानकारी गराएको हो ।

कार्यालयले कम्पनी एडमिनिस्ट्रेशन म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (सीएएमआइएस) नामक सफ्टवेयर जडान गरी गत असार २१ गतेदेखि कम्पनी दर्तादेखि अन्य सेवा अनलाइन प्रणालीबाट दिइरहेको थियो ।

कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजान नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेपछि सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चले कार्यालयले असार १९ गते, साउन १७ गते, भदौ ९ गते र भदौ १६ मा गरेका सबै निर्णयहरु कार्यान्वयनमा पनि रोक लगाएको छ ।

बन्दीपुरमा केबलकारले बढायो चहलपहल, सेवामा ६० प्रतिशतसम्म छुट Read Previous

बन्दीपुरमा केबलकारले बढायो चहलपहल, सेवामा ६० प्रतिशतसम्म छुट

सानिमा बैंकका ग्राहकले दूसित प्रिन्सेस काठमाडौंमा विशेष छुट पाउने Read Next

सानिमा बैंकका ग्राहकले दूसित प्रिन्सेस काठमाडौंमा विशेष छुट पाउने