दशैंका लागि असोज १३ देखि सुकिला नोट साट्न पाइने

काठमाडौं । दशैंका लागि आगामी असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले १३ असोजदेखि केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने जानकारी गराएको हो ।

यसपटक दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार असोज १३ देखि सर्वसाधरणले आफूलाई पायक पर्ने ठाउँको बैंकबाट सुकिला नोट साट्न सक्नेछन् ।

सर्वसाधरणले १८ हजार ५०० रुपैयाँको एक बण्डल सुकिला नोट साट्न पाउने छन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

बैंकमा पैसा थुप्रिएपछि फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक Read Previous

बैंकमा पैसा थुप्रिएपछि फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

पर्यटक कुर्दै पोखराका करिब १२०० होटल, आगामी सिजनका लागि गर्दैछन् यस्तो तयारी Read Next

पर्यटक कुर्दै पोखराका करिब १२०० होटल, आगामी सिजनका लागि गर्दैछन् यस्तो तयारी