हिमालय ऊर्जाले साढे १४ लाख कित्ता सेयर लिलामीमा ल्याउने

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामीमा आउने भएको छ ।

कम्पनीले साउन २४ गतेदेखि भदौ १२ गतेसम्म बिक्रीमा ल्याएको १०० प्रतिशत अर्थात् ९९ लाख कित्ता हकप्रद सेयर मध्ये अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामीमा ल्याउने भएको हो ।

कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ८४ लाख ५३ हजार ६४१ कित्ताका लागि मात्र आवेदन परेको छ । नबिकेको हकप्रद अब लिलामीमार्फत बेच्ने भएको हो ।

साल्ट ट्रेडिङ र खाद्यलाई ५०% भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति Read Previous

साल्ट ट्रेडिङ र खाद्यलाई ५०% भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति

बढ्न थाल्यो कर्जाको माग, भदौ लागेपछि दैनिक डेढ अर्ब ऋण लगानी Read Next

बढ्न थाल्यो कर्जाको माग, भदौ लागेपछि दैनिक डेढ अर्ब ऋण लगानी