लाभांश र हकप्रद पारित गर्न प्रभु महालक्ष्मीले बोलायो साधरण सभा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश र हकप्रद प्रस्ताव पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले लाभांश र हकप्रद प्रस्ताव पारित गर्न असोज २३ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९८० को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

साथै, कम्पनीले बीमा समितिले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन बोनस वितरणपछि कायम हुने चुक्ता पूँजीको ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने साधरण सभामा लैजाने भएको छ ।

सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै काठमाडौं फर्काइयो Read Previous

सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै काठमाडौं फर्काइयो

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता अर्याल नियुक्त Read Next

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता अर्याल नियुक्त