सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ ।

विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्र्ट’ गरिएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको हो ।

‘काठमाडौँबाट सुर्खेतका लागि आज विहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो,’ उनले भने, ‘ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो । अहिले विमानस्थलबाट हुुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ ।’

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पुर्याइएको जानकारी दिए ।

श्री एयरलाइन्सको अफर, काठमाडौं-पोखरा उडानमा एउटा टिकट किन्दा अर्को सित्तैमा Read Previous

श्री एयरलाइन्सको अफर, काठमाडौं-पोखरा उडानमा एउटा टिकट किन्दा अर्को सित्तैमा

लाभांश र हकप्रद पारित गर्न प्रभु महालक्ष्मीले बोलायो साधरण सभा Read Next

लाभांश र हकप्रद पारित गर्न प्रभु महालक्ष्मीले बोलायो साधरण सभा