काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले पुस २८ गते ३३ औं वार्षिक साधारणसभा बोलाएको छ । गत आइतबार बसेको सञ्चालक समिति बैंठकले साधारणसभाको मिति तोकेको हो ।
साधारणसभामा बै.ठकलेले घोषणा गरेको १९ प्रतिशत लाभांश प्रस्ताव गरिने छ। संचालक समितिले चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड रूपैयाँ छ। प्रस्तावित बोनस शेयरपछि चुक्ता पुँजी १४ अर्ब २२ करोड रूपैयाँ कायम हुनेछ ।
बैंकको खराब कर्जा १.४२ प्रतिशत विन्दुले बढेर २.७८ प्रतिशत छ ।