दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा

काठमाडौं । अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स-गौरव आफ्नो बहुप्रतिक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ ।

यस कार्यक्रम मार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने छन् ।

भदौ २४ देखि २६ गतेसम्म चल्ने यस अभियान मार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

यस ९.९ वार्षिक उत्सव अभियानको प्रमुख आकर्षणहरू मध्ये एकको रूपमा, खरीदकर्ताहरूले न्यूनतम मूल्य ४९९ रुपैयाँ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी ‘फ्री डेलिभरी’ भाउचरहरू सङ्कलन गर्न सक्नेछन् ।

साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधि भर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स-एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६० प्रतिशतसम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् ।

त्यसैगरी, दराज एपमा दैनिकरुपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरूको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहनेपनि कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार ९.९ वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसंग मात्र सम्बन्धित नभइ आफ्ना उपभोक्ता तथा विक्रेताहरू समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो ।

कोरोना बीमाकाे रकम माग गर्दै सरकार विरुद्ध सर्वोच्चमा रिट दायर Read Previous

कोरोना बीमाकाे रकम माग गर्दै सरकार विरुद्ध सर्वोच्चमा रिट दायर

साइमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको घोषणा, प्रतिगाडी १० हजार जम्मा हुने Read Next

साइमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको घोषणा, प्रतिगाडी १० हजार जम्मा हुने