कोरोना बीमाकाे रकम माग गर्दै सरकार विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । कोरोना बीमाबापतको रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

यसअघि भएको सहमति अनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै आइतबार नेपाल बीमक संघले सरकारविरुद्ध मुद्दा दायर गरेको हो ।

सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारको भएको संघको दाबी छ ।

उक्त रिटको सोमबार बिहान १० बजे पेशी तोकिएको छ।

बीमा कम्पनी, तत्कालीन बीमा समिति र सरकारबीच कोरोना बीमाको दाबी भुक्तानी सबैले बेहोर्ने सहमति भएको थियो ।

उक्त मापदण्ड अनुसार १ अर्ब रुपैयाँसम्मको दाबी बीमा कम्पनीहरू,१ अर्बदेखि २ अर्ब रुपैयाँसम्मको नेपाल पुनर्बीमा कम्पनी, २ अर्बदेखि साढे २ अर्ब रुपैयाँसम्मको बीमा कम्पनीहरूको महाविपत्ति कोषबाट दाबी भुक्तानी बेर्होनु पर्ने थियो । साढे २ अर्बदेखि साढे ३ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बीमा समिति र साढे ३ अर्ब रुपैयाँ भन्दा माथिको दाबी भुक्तानी सरकारले बेहोर्ने सहमति भएको थियो  ।

१ लाख ३८ हजार बीमकले कोरोना बीमा दाबी गरेकोमा ३५ हजारले भुक्तानी पाए पनि अझै १ लाख बढीले भुक्तानी पाउँन बाँकी छ ।

बैंकिङ प्रणालीबाट एकैदिन १ खर्ब तान्दै राष्ट्र बैंक Read Previous

बैंकिङ प्रणालीबाट एकैदिन १ खर्ब तान्दै राष्ट्र बैंक

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा Read Next

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा