थामिएन सेयर बजारकाे पहिरो, नेप्से परिसूचक २७०० बिन्दु तल झर्याे

काठमाडौं । सेयर बजारमा गिरावट जारी रहेको छ । गत सातामा मात्रै २२५ अंकले घटेको नेप्से यस साता पहिलो कारोबार दिनमै ५३ अंकले घटेको छ ।

सूचकसँगै कारोबार रकममा पनि दिनदिनै घट्दो क्रममा छ । दुईसाता अघि झण्डै ३० अर्ब रुपैयाँसम्म पुगेको दैनिक कारोबार आज १० अर्ब ५१ करोड रुपैयाँमा सीमित भएको छ ।

आइतबार नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा आइपुगेको छ । आज ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु समूहको परिसूचक घटेको छ । आज फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले घटेको छ ।

आज गुडविल फाइनान्सको ५२ करोड ३१ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ३३ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये ३१ कम्पनीको मात्र मूल्य बढेको छ भने २०९ कम्पनीको घटेको छ ।

घट्दो बजारमा पनि आज सुपर माइ हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज ३ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । पिपुल्स हाइड्रोपावर, माइ खोला हाइड्रोपाव र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

'बाफियालाई संशोधन गर्न बनेको विधेयक निजी क्षेत्रमैत्री छैन' Read Previous

'बाफियालाई संशोधन गर्न बनेको विधेयक निजी क्षेत्रमैत्री छैन'

ऋण तिर्न ऋण लिँदै सरकार, साउनमा मात्रै लियो साढे ४३ अर्ब Read Next

ऋण तिर्न ऋण लिँदै सरकार, साउनमा मात्रै लियो साढे ४३ अर्ब