साउनमा वीरगञ्ज भन्सारबाट साढे २ अर्बको वस्तु तथा सेवा निर्यात

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा २ अर्ब ६५ करोड ६६ लाख ८ हजार मूल्य बरावरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयबाट हुने निर्यात ७.१६ प्रतिशतले अर्थात १७ करोड ७५ लाख १ हजार रुपैयाँले बढेको बताए । गत आवको साउनमा २ अर्ब ४७ करोड ९१ लाख ६७ हजार बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।

कार्यालयका अनुसार सो अवधिमा विशेष गरी जुस जाम, फलामे पाता, जमोठ कपडा, पिना, सेन्थेटिक यार्न, मनोरञ्जनका सामानहरू, बत्तिसा, त्रिफला, कवाज, च्यवनप्राश, कुकुर तथा विरालोको खाना, तयारी कपडा, रेसाको कपडा, कार्पेट र गलैँचालगायत निर्यात भएको छ ।

कार्यालयका गत साउनमा ४९ लाख ४८ हजार ८१८ लिटर जुस जाम निर्यात हुँदा ४८ करोड ९ हजार विदेशी मुद्रा भित्रिएको छ । जबकी गत आवको सोही अवधिमा ५३ लाख २७ हजार ८६७ लिटर जुस जाम निर्यातबाट ५१ करोड ४१ लाख २२ हजार रुपैयाँ विदेशी मुद्रा आर्जन भएको थियो ।

गत साउनमा नाका हुँदै २९ लाख ७७ हजार ९१० किलोग्राम फलामे पाता निर्यात हुँदा ३७ करोड ३९ लाख ९१ हजार विदेशी मुद्रा आर्जन भएको छ । गत आवको सोही अवधिमा ३३ लाख ७७ हजार ४२० किलोग्राम फलामे पाता निर्यात हुँदा ४४ करोड ४५ लाख ८२ हजार रुपैयाँ विदेशी मुद्रा आर्जन भएको थियो ।

कार्यालयका अनुसार गत साउनमा जमोठ कपडा ८० हजार २६७ किलोग्राम निर्यात हुँदा १६ करोड २२ लाख ६० हजार विदेशी मुद्रा आएको छ । गत आवको सोही अवधिमा एक लाख १२ हजार १४९ किलोग्राम जमोठ कपडा निर्यात गर्दा १९ करोड ४३ लाख २३ हजार रुपैयाँ विदेशी मुद्रा प्राप्त भएको थियो । रासस

एनआइसी एशिया बैंकले संचालनमा ल्यायाे लिलाम बिक्री पोर्टल Read Previous

एनआइसी एशिया बैंकले संचालनमा ल्यायाे लिलाम बिक्री पोर्टल

अर्थतन्त्रका सूचक सकारात्मक, सरकार थप कदम चाल्न तयार छ : अर्थमन्त्री पौडेल Read Next

अर्थतन्त्रका सूचक सकारात्मक, सरकार थप कदम चाल्न तयार छ : अर्थमन्त्री पौडेल