एनआइसी एशिया बैंकले संचालनमा ल्यायाे लिलाम बिक्री पोर्टल

काठमाडौं । एनआइसी एशिया बैंकले लिलाम बिक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

बैंकले बैंकिङ सम्पत्तिहरू, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिको बिक्रीको लागि लिलाम सम्बन्धी अनलाइन पोर्टल संचालनमा ल्याएको हो ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ ।

यसमा ग्राहकले सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् ।

यसरी ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपछि खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा अब नियमित रूपमा बैंकिङ सम्पत्ति, गैर बैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचनाहरू प्रकाशित गरिने छ ।

'बोहनी' अब फोनपे क्यूआरबाटै, भाग्यशालीले इलेक्ट्रीक स्कुटर पाउने Read Previous

'बोहनी' अब फोनपे क्यूआरबाटै, भाग्यशालीले इलेक्ट्रीक स्कुटर पाउने

साउनमा वीरगञ्ज भन्सारबाट साढे २ अर्बको वस्तु तथा सेवा निर्यात Read Next

साउनमा वीरगञ्ज भन्सारबाट साढे २ अर्बको वस्तु तथा सेवा निर्यात