काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा संचालित तीन म्युचुअल फण्डले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रतिफल घोषणा गरेका छन् ।
क्यापिटल संचालक समितिको भदौ १४ गते बसेको बैठकले लाभांश घोषणा गरको हो ।
क्यापिटलका अनुसार सानिमा इक्विटी फण्डका इकाईधनीलाई करसहित १५ प्रतिशत नगद, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डका इकाईधनीलाई समान १०/१० प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ ।
तीनै म्युचुअल फण्डको लगानी प्रबद्र्धक सानिमा बैंक रहेको छ ।