आँखुखोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २७ गतेदेखि बिक्रीमा ल्याएको १५० प्रतिशत अर्थात् १ः१.५ सेयर अनुपातमा हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले हकप्रद प्रयोजनका लागि साउन १ गते बुकक्लोज गरेको थियो। सो अनुसार असार ३१ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले हकप्रद बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी(आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद बिक्रीपछि २ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद बिक्रीबट प्राप्त हुने रकममध्ये ४० करोड आँखुखोला १ आयोजना निर्माणका लागि बैंकबाट लिएको ऋण तिर्ने र ८० करोड रुपैयाँ गणेश हिमाल हाइड्रोपावर कम्पनीद्वारा प्रबर्धित आँखुखोला २ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत सेयर स्वामित्व हुने गरी स्वपूँजी लगानी गर्नेछ ।

एमसीसी कार्यान्वयनको १ वर्ष : १७ अर्बको चार ठेक्का लाग्यो, अरू के-के भयो काम ? Read Previous

एमसीसी कार्यान्वयनको १ वर्ष : १७ अर्बको चार ठेक्का लाग्यो, अरू के-के भयो काम ?

सानिमा क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा Read Next

सानिमा क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा