रोकिएन सुनको मूल्य वृद्धि, फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार मात्रै हालसम्मकै महँगोको रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ५३ हजार २०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि भदौ १२ गते सुनको भाउ प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ५११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेर १८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

बैंकहरूले ८ गुणासम्म बढाए सेयर कर्जा लगानी, यी हुन् आक्रमक रूप ऋण दिने ५ बैंक Read Previous

बैंकहरूले ८ गुणासम्म बढाए सेयर कर्जा लगानी, यी हुन् आक्रमक रूप ऋण दिने ५ बैंक

बहुप्रतिष्ठित भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पायो Read Next

बहुप्रतिष्ठित भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पायो