काठमाडौं । एनआइसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआइसी एसिया स्काइ क्लब कार्ड सार्वजनिक गरेको छ ।
भिसा को-ब्राण्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहकले प्राप्त गर्न सक्नेछन् । यस कार्डको प्रयोग गरेर यति एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुटसहित अन्य सुविधाहरू उपलब्ध हुने छन् ।
यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्नेछन् ।
यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काइ क्लब कार्ड मा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्नेछन् ।
यो कार्ड लिनका लागि ग्राहकले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन् । यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहकलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्याधिक फाइदाहरू उपभोग गर्ने बैंकले विश्वास लिएको छ ।