माछापुच्छ्रे बैंकले घर र गाडी किन्न ०.५ प्रतिशत प्रिमियममै कर्जा दिने

काठमाडौं । माछापुच्छ्रे बैंकले चाडपर्वलाई लक्षित गर्दै कर्जा सुविधामा छुट दिने योजना ल्याएको छ ।

बैंकले तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बेसरेटमा ०.५ प्रतिशत प्रिमियमै घर कर्जा उपलब्ध गराउने भएको छ ।

यस्तै, सोही ग्राहक गाडी कर्जा लिन इच्छुक भएमा पनि बेसरेटमा ०.५ प्रतिशत प्रिमियमै कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत पाउने छन् ।

त्यस्तै, बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । माथि उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गरिने बैंकले जनाएको छ ।बैंकको बेसरेट ८.८ प्रतिशत रहेको छ ।

यी अफरहशरू भदौ ३१ गतेसम्म मात्रै लागू हुने बैंकले जनाएको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ सेवा, २०० वटा एटीएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

अटो शोमा गाडी किन्न नबिल बैंकले ८.२५ प्रतिशतमै ऋण दिने Read Previous

अटो शोमा गाडी किन्न नबिल बैंकले ८.२५ प्रतिशतमै ऋण दिने

बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक Read Next

बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक