राजनीतिक उतारचढावपछि छैटौँ बिमस्टेक शिखर सम्मेलन सर्‍यो

काठमाडौं । थाइल्यान्डमा यही भदौ १८ र १९ मा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि पछि सरेको छ ।

थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गर्दै हालका लागि शिखर सम्मेलन गर्न नसक्ने जानकारी गराएको हो ।

थाइल्यान्डमा भएको नयाँ राजनीतिक उतारचढापपछि बिमस्टेक शिखर सम्मेलन सरेको हो । नयाँ सरकार गठन भएसँगै आवश्यक संसदीय प्रतिक्रिया र कानुनी प्रक्रियाहरूले गर्दा समयमै बिमस्टेक शिखर सम्मेलन गर्न नसक्ने थाइल्याण्डको विदेश मन्त्रालयले जनाएको छ ।

शिखर सम्मेलनको नयाँ मिति भने फेरि सबै सदस्य मुलुकहरूसँग छलफल गरेर तय गरिने विदेश मनत्रालयले जनाएको छ ।

न् १९९७ मा स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेकमा) नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । नेपाल सन् २००४ मा सदस्य बनेको थियो ।

सम्मेलन स्थगित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण पनि रोकिने भएको छ ।

निगमको ग्राउण्डेड जहाज भोलिदेखि उड्ने Read Previous

निगमको ग्राउण्डेड जहाज भोलिदेखि उड्ने

रोयल्टी बक्यौता ३५ दिनभित्र बुझाउन जलविद्युत् उत्पादकलाई विभागको निर्देशन Read Next

रोयल्टी बक्यौता ३५ दिनभित्र बुझाउन जलविद्युत् उत्पादकलाई विभागको निर्देशन