काठमाडौं । विद्युत् विकास विभागले जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी ३५ दिन भित्र बुझाइसक्न निर्देशन दिएको छ ।
विभागले १ मेगावाटभन्दा माथिको क्षमताका सबै जलविद्युत् उत्पादकहरूलाई पत्र लेख्दै जडित क्षमता तथा विद्युत् ऊर्जा बिक्री बापतको रोयल्टी छिटो बुझाउन भनेको हो ।
विभागले आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता फरफारक गर्न र आव २०८१/८२ को जडित क्षमता बापतको रोयल्टी बुझाउन ३५ दिनको समय सीमा तोकेको हो ।
विभागले रोयल्टी समयमा तिरी जिम्मेवारी बहन गर्न उत्पादकहरूलाई सचेत गराएको हो ।
जलविद्युत् आयोजनाको रोयल्टी केन्द्र, प्रदेश र स्थानीय तह तीनै तहमा बाँडफाँट हुन्छ ।