फेसियल हाउस ब्युटी एकेडेमी चितवनको भरतपुरमा

चितवन । फेसियल हाउसले चितवनमा पनि आफ्नो एकेडेमी सेवा सञ्चालनमा ल्याएको छ ।

ब्युटी पार्लर सम्बन्धी विभिन्न तालिम लिन चाहाने चितवनका महिला तथा पुरुषलाई समेत लक्षित गरी निबारदेखि ‘फेसियल हाउस ब्युटी एकेडेमी’ सञ्चालनमा ल्याइएको वरिष्ठ सौन्दर्यविद् एवम् फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् ।

उनका अनुसार चितवको भरतपुरस्थित सीजी ल्याण्डमार्कमा सो ब्युटी एकेडेमी सञ्जालनमा ल्याइएको हो । ब्युटी एकेडेमी उच्चस्तरीय प्रविधिमा आधारित रहेको उनको भनाइ छ । यो ब्युटी एकेडेमीले बेसिकदेखि डिप्लोमा र मास्टर्स लेभलको कोर्षहरू अध्यापन गराउँछ । साथै, वैदेशिक रोजगारीका लागि विदेश जान चाहानेहरूका लागि स्पेशल कोर्षको पनि व्यवस्था गरिएको महराले जानकारी दिइन् ।

फेसियल हाउसले गत वैशाखमा आफ्नो सातौँ शाखा भरतपुरमा सञ्चालनमा ल्याएको थियो । शाखा सञ्चालनसँगै सौन्दर्यकला पढ्न सिक्न चाहानेहरूको अनुरोधमै एकेडेमी सञ्चालनमा ल्याइएको हो ।

एकेडेमी सञ्चालनको अवसरमा ६ महिने कोर्ष सिक्न चाहानेहरूलाई सम्पूर्ण खर्चमा ५० प्रतिशत छुट दिने प्रबन्ध निर्देशक महराले जानकारी दिइन् । उनका अनुसार उक्त छुटको अवसर लिनका लागि एकेडेमी सञ्चालनमा आएको दिनदेखि एक हप्ताभित्र भर्ना भइसक्नुपर्ने छ ।

एकेडेमीमा कम्तिमा ६ जना प्रशिक्षार्थी भएपछि र प्रशिक्षार्थीहरूको समयअनुसार कक्षा सञ्चालन गरिने छ भने प्रतिसमूह दैनिक दुई घण्टा कक्षा सञ्चालन हुने प्रबन्ध निर्देशक महराले बताइन् ।

फेसियल हाउसको भरतपुर शाखामा एकैपटक १५ जनाभन्दा बढी सेवाग्राहीले सेवा लिने सक्नेछन् । फेसियल हाउसले ब्युटीसम्बन्धी तालिम दिनाका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिँदै आएको छ ।

नेपालमा नयाँ सौन्दर्य प्रविधिहरू भित्र्याएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, ब्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ ।

यसैगरी, फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ । फेसनेबल कलरहरू प्रयोग गर्ने फेसियल हाउसले चायाँपोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको प्रबन्ध निर्देशक महराले जानकारी दिइन् ।

यसैगरी, नेपालीहरूको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेसिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरूसँग सहकार्य गरेर हर्वल ब्युटी, हेयर कस्मेटिक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिँदै आएको छ । केही समयभित्र नेपालमा नै हर्वल कस्मेटिक उत्पादन गर्ने लक्ष्य पनि फेसियल हाउसको छ ।

फेसियल हाउसले नेपालको नम्बर वान ब्युटीसैलुनको अवार्ड समेत पाइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरेकी छन् । ‘फेसियल हाउसको नामको अगाडि वा पछाडि नाम जोडेर कपी गर्ने क्रम पनि बढेको छ,’ उनले भनिन्, ‘फेसियल हाउस मात्रै लेखेको हेर्नुहोस् । जहाँ मेरो फोटो समेत देख्न सक्नुहुन्छ ।’

काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने अन्य केही सहरमा फेसियल हाउसको ब्राण्डमा सेवा प्रवाह भइरहेको छ ।

सौन्दर्य सम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै लगेको छ ।

भेटाउन नसक्ने भएपछि सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो Read Previous

भेटाउन नसक्ने भएपछि सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

चितवनमा एक वर्षमै ८५६ उद्योग बन्द Read Next

चितवनमा एक वर्षमै ८५६ उद्योग बन्द