पाँच रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । पाँच वटा रेमिट्यान्स कम्पनीहरुको लाइसेन्स खारेज भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै ५ वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स स्वतः खारेज भएको जानकारी गराएको हो ।

राष्ट्र बैंकका अनुसार राम्रो रेमिट (लाजिम्पाट), ग्लोबल माउन्ट रेमिट (गौशला), संसार रेमिट (दरबारमार्ग), ललित मनि ट्रान्सफर (न्यूरोड) र माक्स मनि ट्रान्सफर प्रालि (अनामनगर)को लाइसेन्स खारेज भएको छ ।

‘राष्ट्र बैंकबाट विप्रेषण कारोबार गर्न इजाजत पत्र प्राप्त गरेका रेमिटेन्स कम्पनीहरूको इजाजत पत्र नेपाल राष्ट्र बैंक, विप्रेषण नियमावली, २०७९ (प्रथम संसाधनसहित) को विनियम १३ को उप विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज भएको हो,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

विप्रेषण कारोबारको सिलसिलामा ५ वटा कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र जानकारी गराउन पनि सर्वसाधारणमा राष्ट्र बैंककले आग्रह गरेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग लिखित जानकारी दिनुपर्ने छ ।

 

साउनमा ६ महिना यताकै कम आयात, व्यापार घाटा भने बढ्यो Read Previous

साउनमा ६ महिना यताकै कम आयात, व्यापार घाटा भने बढ्यो

एक महिनामा साढे ३ अर्बको ‘स्मार्टफोन’ आयात Read Next

एक महिनामा साढे ३ अर्बको ‘स्मार्टफोन’ आयात