काठमाडौं । सरकारले काठमाडौं तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)का लागि करिब ३४ हजार बर्गमिटर जग्ग अधिग्रहण गर्न अनुमति दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फास्ट ट्रयाक आयोजनालाई मकवानपुरमा ३३ हजार ९७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृत दिएको हो ।
त्यस्तै, सरकारले आयल निगमलाई बाराको जितपुर-सिमरा उपमहानगरमा रहेको करिब ५ बिघा जग्गा प्राप्ति गर्न अनुमति दिएको छ ।
त्यसैगरी, बैठकले विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।
त्यस्तै, बैठक सहकारी विकास बोर्डको सदस्यसचिवमा खगराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
