मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको बसमा ढुंगा खस्यो, १९ जना घाइते

काठमाडौं । मुग्लिन नारायणगढ सडकमा गुडिरहेको बस माथि ढुंगा खस्दा १९ जना यात्रु घाइते भएका छन् ।

शुक्रबार दिउँसो पौने २ बजे चितिवनको भरतपुर महानगरपालिका–२९, सत्रकिलोमा गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको हो ।

बसमाथि अचानक ढुंगा खस्दा चालक आत्तिँदा बस अनियन्त्रित भएर सडकमा पल्टिएको छ । बसमा सवार १९ जना यात्रु घाइते छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आजै पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय यात्रुबाहक बस तनहुँको आबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा खस्दा १६ जनाको निधन भएको छ ।

सरकारले उद्योगलाई सस्तोमा बिजुली उपलब्ध गराउनुपर्छ : अध्यक्ष ढकाल Read Previous

सरकारले उद्योगलाई सस्तोमा बिजुली उपलब्ध गराउनुपर्छ : अध्यक्ष ढकाल

फास्ट ट्रयाकका लागि ३४ हजार वर्गमिटर जग्गा प्राप्ति गर्न सरकारको अनुमति Read Next

फास्ट ट्रयाकका लागि ३४ हजार वर्गमिटर जग्गा प्राप्ति गर्न सरकारको अनुमति