नेपाल बैंकले सेयर किन्न १.५ प्रतिशत प्रिमियममै ऋण दिने

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले सस्तो सेयर धितो कर्जा योजना ल्याएको छ ।

यस योजना अन्तर्गत बैंकले आधारदरमा १.५ प्रतिशत मात्रै प्रिमियम जोडेर सेयर धितो कर्जा दिने भएको हो ।

नेपाल बैंकको औसत आधारदर ७.८७ प्रतिशत छ । यसमा १.५ प्रतिशत प्रिमियम जोड्दा बैंकले ९.३७ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिने भएको छ ।

बैंकका अनुसार व्यक्तिगत ग्राहकले न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्म सेयर कर्जा पाउने छन् । ३ कार्यदिन भित्रै कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।

यस्तो ऋणको अवधि १ वर्षको हुनेछ । नियामक निकायको नियम बमोजिम ऋणीको सन्तोषजनक कार्यसम्पादनको आधारमा ऋण नवीकरण गर्न सकिने बैंकले जनाएको छ ।

पछिल्लो समय सेयर बजारले गति लिन थालेसँगै बैंकहरूले धमाधम सेयर कर्जा योजना ल्याउन थालेका हुन् ।

स्वास्थ्य बीमाको सुविधा थैली कार्यान्वयनमा, अब १२९० प्रकारका औषधि पाइने Read Previous

स्वास्थ्य बीमाको सुविधा थैली कार्यान्वयनमा, अब १२९० प्रकारका औषधि पाइने

आबुखैरेनी नजिकैबाट मर्स्याङ्दी नदीमा खस्यो यात्रुबाहक बस Read Next

आबुखैरेनी नजिकैबाट मर्स्याङ्दी नदीमा खस्यो यात्रुबाहक बस