काठमाडौं । तनहुँको आबुखैरेनी नजिकैबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रबार बिहान करिब साढे ११ बजे आबुखैरेनी गाउँपालिका-२, ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।
उक्त बसमा करिब ४० जना यात्रु रहेकाे जनाइएकाे छ । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।