कोशी उद्योग वाणिज्य महासंघ र भारतको विहार बीच भगिनी सम्बन्ध कायम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोशी र भारतको विहार इण्डष्ट्रिज एशोसिएशन पटना बीच भगिनी सम्बन्ध कायम भएको छ ।

महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष केपीएस केसरी बीच विहारको राजधानी पटनामा भगिनी सम्बन्ध स्थापित भएको हो ।

विहारको आर्थिक विकासमा महत्वपूर्ण योगदान र्पुयाउने विहार इण्डष्ट्रिज एशोसिएशन पटना र महासंघ कोशी बीचको सम्बन्धले दुईपक्षीय व्यापारलाई अभिवृद्धि गर्नुका साथै लगानीको प्रवद्र्धन समेत हुने विश्वास अध्यक्ष राउतले गरेका छन् ।

महासंघ कोशीले प्रदेशमा उद्योग व्यवसायमैत्री वातावरण निर्माणका लागि पैरवी गर्नुका साथै कृषि क्षेत्रको रूपान्तरणको लागि विभिन्न अभियानहरू संचालन गर्दै आएको छ ।

आगामी भदौ २७ देखि ३० गतेसम्म महासंघले कृषि एस्क्पो आयोजना गर्दैछ ।

रोजगारी र लगानीको नयाँ क्षेत्र बन्दै 'स्टार्टअप', यी १९ काम गर्न पाइन्छ ३% ब्याजमै ऋण Read Previous

रोजगारी र लगानीको नयाँ क्षेत्र बन्दै 'स्टार्टअप', यी १९ काम गर्न पाइन्छ ३% ब्याजमै ऋण

अब श्रीलंका जान भिसा शुल्क नलाग्ने, नेपालसहित ३५ देश 'भिसा फ्री' सूचीमा Read Next

अब श्रीलंका जान भिसा शुल्क नलाग्ने, नेपालसहित ३५ देश 'भिसा फ्री' सूचीमा