सनराइज सेक्युरिटिजले औपचारिक रूपमा थाल्यो सेयर कारोबार

काठमाडौं । लक्ष्मी सनराइज बैंकको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेडले औपचारिक रुपमा सेयर कारोबार सुरू गरेको छ ।

गत साता एक समारोहका बीच लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले सेक्युरिटिजको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् ।

अध्यक्ष नेपालले कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे । उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सनराइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस भनी कामना गरे ।

बैंकमा प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सनराइज बैंकको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।

गैह्रिधारा-२, काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पूँजी २० करोड रुपैयाँ छ । यसको स्टक ब्रोकर नम्बर १०० रहेको छ ।

लमजुङमा एक वर्षमा थपिए २१८ उद्योग Read Previous

लमजुङमा एक वर्षमा थपिए २१८ उद्योग

नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिँदै विशाल ग्रुप, ७ लाख कित्ता सेयर लिलामीमा Read Next

नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिँदै विशाल ग्रुप, ७ लाख कित्ता सेयर लिलामीमा