नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिँदै विशाल ग्रुप, ७ लाख कित्ता सेयर लिलामीमा

काठमाडौं । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको सेयर लिलामीमा ल्याएको छ । कम्पनीले आजदेखि आफ्नो नाममा रहेको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यस लिलामी सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदकले प्रतिकित्ता सेयर मूल्य न्यूनतम ४५० रुपैयाँ नघटाइ बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले असोज ८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

सनराइज सेक्युरिटिजले औपचारिक रूपमा थाल्यो सेयर कारोबार Read Previous

सनराइज सेक्युरिटिजले औपचारिक रूपमा थाल्यो सेयर कारोबार

महावाणिज्य दूतावास बन्द हुँदा पोर्चुगलका नेपाली समस्यामा Read Next

महावाणिज्य दूतावास बन्द हुँदा पोर्चुगलका नेपाली समस्यामा