कजारिया रमेश टायल्सको ग्यालेक्सी शोरुम धनगढीमा 

धनगढी । कजारिया रमेश टायल्स लिमिटेडको धनगढीमा ग्यालेक्सी शोरुम संचालनमा आएको छ । उक्त शोरुम राठी इन्टरप्राइजेजले संचालनमा ल्याएको हो ।

धनगढीको मुख्य सडकमा अवस्थित २५०० वर्ग मिटरको अत्याधुनिक शोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स शोरुम हो । यहाँ कजारिया रमेश टायल्सद्धारा उत्पादित आधुनिक डिजाइनका टायल्सहरू उपलब्ध हुनेछ ।

यस शोरुमले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नुका साथै समग्र विकासमा योगदान पुर्याउने कम्पनीको अपेक्षा छ ।

कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले ग्राहकलाई उच्चतम गुणस्तरका टायलहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

‘राठी इन्टरप्राइजेजद्वारा सञ्चालित धनगढीमा कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन पश्चिम नेपालका ग्राहकहरूलाई उच्चतम गुणस्तरका टायलहरू उपलब्ध गराउने प्रतिवद्धताको प्रमाण हो। यस शोरुमले हाम्रो उत्कृष्टता प्रतिको समर्पण र टायल किनमेलको अनुभवलाई पुनस् परिभाषित गर्ने हाम्रो दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ,’ उनले भने ।

कजारिया रमेश टायल्स नेपालको एक प्रमुख व्यापारिक समूह रमेश कर्प र भारतको नम्बर १ टायल कम्पनी कजारिया सिरामिक्स लिमिटेड बीचको संयुक्त उत्पादन हो । कम्पनीले नेपालभर डिजिटल भिट्रिफाइड ग्लेज्ड टाइल्सहरू बिक्री गर्छ।

ग्लोबल आइएमई बैंकका नवनियुक्त सीईओ रेग्मीद्वारा पदभार ग्रहण Read Previous

ग्लोबल आइएमई बैंकका नवनियुक्त सीईओ रेग्मीद्वारा पदभार ग्रहण

बानेश्वरबाट शंखमूल जाने सडकमा पर्यो भ्वाङ Read Next

बानेश्वरबाट शंखमूल जाने सडकमा पर्यो भ्वाङ