बानेश्वरबाट शंखमूल जाने सडकमा पर्यो भ्वाङ

काठमाडौं । नयाँ बानेश्वर चोकबाट शंखमूल जाने सडकमा भ्वाङ परेको छ । नयाँबानेश्वर चोकबाट करिब १०० मिटर पर बानेश्वर मल अगाडिको मुख्य सडक भासिएको हो ।

अहिले त्यहाँ भ्वाङ टाल्न काठमाडौं महानगरको डोजर ल्याइएको छ । पछिल्लो समय काठमाडौैं उपत्यकामा सडक भासिने क्रम बढेको छ ।

दुई साता अघि दरबारमार्गबाट कमलादीतर्फ आउने सडकमा टुकुचा खोला माथिको सडक भासिएको थियो । त्यस्तै, गत साता इमाडोलमा भित्रि सडक भासिएको थियो ।

कजारिया रमेश टायल्सको ग्यालेक्सी शोरुम धनगढीमा  Read Previous

कजारिया रमेश टायल्सको ग्यालेक्सी शोरुम धनगढीमा 

उद्घाटन गरेको ५ वर्ष बित्दा पनि लामीडाँडा विमानस्थलमा हुन सकेन उडान Read Next

उद्घाटन गरेको ५ वर्ष बित्दा पनि लामीडाँडा विमानस्थलमा हुन सकेन उडान