सुनको मूल्य एकैदिन तोलामा ३ हजार बढ्यो, फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज इतिहासकै महँगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ६०० ?पैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि साउन २९ गते भाउ प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ५०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५० ?पैयाँ बढेर १८१० रुपैयाँमा कारोबार भइरहेको छ ।

लघुवित्तको लाभांश क्षमता १८४% सम्म, यी हुन् २०% बढी दिनसक्ने २० लघुवित्त Read Previous

लघुवित्तको लाभांश क्षमता १८४% सम्म, यी हुन् २०% बढी दिनसक्ने २० लघुवित्त

बैंकमा पैसा थुप्रिएपछि एकैदिन १ खर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकमा पैसा थुप्रिएपछि एकैदिन १ खर्ब तान्दै राष्ट्र बैंक