सनराइज बैंक र नेपाल उद्योग परिसंघबीच सम्झौता

काठमाडौं । सनराइज बैंक र नेपाल उद्योग परिसंघबीच महिला उद्यमी व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

 

समझदारीपत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र परसिंघका तर्फबाट महानिर्देशक श्री मेघनाथ न्यौपानेले हस्ताक्षर गरे ।

 

समझदारी अनुसार सनराइज बैंकले महिला उद्यमीहरुका लागि १५ लाखसम्मको सहुलियतपूर्ण कर्जाको ब्याजदरमा ६ प्रतिशतसम्मको छुट प्रदान गर्ने छ ।

 

साथै, परिसंघमा आवद्ध साना तथा मझौला उद्यमीहरुलाई सनराइज बैंकले सरल रुपमा कर्जा लिने प्रक्रिया, सहुलियतपूर्ण कर्जा, कर्जा उपभोग गर्दाको फाईदा जस्ता कर्जासँग सम्बन्धित जानकारीमूलक तालिमलगायतका कार्यक्रमहरु सञ्चालन गरिने समझदारी भएको छ ।

 

परिसंघका अध्यक्ष सतिश कुमार मोरले सगम्र औद्योगिक विकासमा महिलाहरुको लगानी र दक्षता विकास गर्न परिसंघले लिने पहलमा सनराइज बैंकसँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे । सोही अवसरमा बैंकका सीईओ पौड्यालले परिसंघसँगको सहकार्यले महिला उद्यमीहरुलाई उद्योग तथा व्यवसाय विस्तारमा सहज व्यवस्था मिलाउन बैंकले हरदम प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आइपीओ जारी नगरेका दुई लघुवित्त गरे मर्जरमा जाने सम्झौता Read Previous

आइपीओ जारी नगरेका दुई लघुवित्त गरे मर्जरमा जाने सम्झौता

माथिल्लो भोटेकोशीबाट व्यावसायीक उत्पादन शुरु Read Next

माथिल्लो भोटेकोशीबाट व्यावसायीक उत्पादन शुरु