काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्वीजिसनमा जाने क्रम तीव्र रहेको छ । यसैक्रममा साधारण शेयर समेत जारी नगरेका दुई लघुवित्तले पनि मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्झौता गरेका छन् ।
बाँकेको युनिक नेपाल लघुवित्त र रुपन्देहीको बुद्धज्योति लघुवित्तबीच मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर गरेका छन् ।
प्राप्तिपछि बन्ने संस्थाको नाम युनिक नेपाल लघुवित्त रहने छ भने प्रधान कार्यालय हाल युनिक लघुवित्तको मुख्य कार्यालय कोहलपुरमा रहने छ। स्वाप रेसियो भने डीडीए रिपोर्ट अनुसार तय गरिने सम्झौता भएको छ ।
हाल युनिक नेपालाको चुक्ता पूँजी ९ करोड ५३ लाख रुपैयाँ छ भने बुद्ध ज्योतिको १ करोड २० लाख रहेको छ ।