काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा ‘सम्पदा लघुवित्त वित्तीय संस्था’को सेयर सूचीकृत भएको छ ।
नेप्सेमा साविकको साधना लघुवित्त र सबैको लघुवित्त मर्ज भई बनेको नयाँ कम्पनी सम्पदा लघुवित्तको सेयर सूचीकृत भएको हो ।
साधना र सबैको लघुवित्त मर्ज हुँदा कायम भएको १:१ सेयर अनुपातका आधारमा सम्पदाको नाममा ७० लाख ८ हजार ५८३.४५ कित्ता सेयर सूचीकृत भएको छ ।
लघुवित्तको सेयर कारोबारका लागि नेप्सेले SMPDA संकेत चिह्न दिएको छ । यसकाे कारोबारका लागि नेप्सले १०५७ रुपैयाँ ओपन रेन्ज तोकेको छ । यही मूल्यलाई आधार मानेर आइतबार कारोबार खुल्नेछ ।